११ फाल्गुन, बाँके । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा सुधारका लागि यस क्षेत्रका कर्मचारी, शिक्षक, र मन्त्रीलाई समेत जिम्मेवार भएर प्रस्तुत हुन निर्देशन दिएका छन् ।
‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ भन्ने मुलमन्त्रका साथ नेपालगञ्जमा सञ्चालन भइरहेको प्रदेश तथा स्थानीय तहका शिक्षा सेवाका कर्मचारीका लागि क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले गुणस्तरीय शिक्षाका लागि क्षमता विकास तालिम, मन्त्रालयले निगरानी गर्ने र पटक पटक गोष्ठी मार्फत पनि विद्यालयमा गएरै निरिक्षरण गर्ने गरेको जानकारी गराए ।
Advertisement
उनले हिजोको दिनमा शिक्षा खस्किदो अवस्थामा थियो भने त्यसलाई सुधार गर्ने उपायहरुको रुपमा प्रविधि संग जोड्न कार्य पनि भईरहेको बताए । उनले भने, ‘हामीले शिक्षक उपलब्ध गराउने, प्रभावकारी शिक्षाका लागि प्रविधि संग जोड्दै आइसिटि ल्याबको निर्माण गर्ने कार्य मन्त्रालयबाट भइरहेको छ ।’
Advertisement
प्रत्येक विद्यालयले अहिले शिक्षालाई प्रविधिसंग जोड्दै डिजिटलमा जानुपर्ने चासोको विषय समेत बनाएको मन्त्री तिमिल्सिनाले बताए ।
उनले थप भने, ‘अबको शिक्षा डिजिटल प्रणाली संग नजोडियो भने रोजगारी र प्रविधि संग जोड््न सकिदैन । कृषि, रोजगारी, पर्यटक र व्यापारीक क्षेत्रमा प्रगति गर्न सक्दैनौं । र डिजिटल संग जोड्न सकिएन भने नेपाललाई समृद्ध बनाउने सपना पूरा हुँदैन । त्यसको लागि महत्त्वपूर्ण पाटो शिक्षा हो ।’
Advertisement
उनले भौतिक रुपमा भवन निर्माण तर्फभन्दा पनि शिक्षा क्षेत्रको गुणस्तर निर्माण गर्न तर्फ केन्द्रीत भएर मन्त्रालय अगाडि बढिरहेको बताए ।
उनले नाईल खबरको प्रश्नमा शिक्षा ऐन निर्माणका लागि मन्त्रालयको छलफलमा जिरोलेबल देखि आधारभुत शिक्षा भनेर कक्षा ८ सम्म स्थानीय सरकारलाई जिम्मेवारी दिने र नौ देखि कक्षा १२ सम्म प्रदेश सरकारलाई जिम्मेवारी दिने र विश्वविद्यालय स्तरको शिक्षा हासिलका लागि संघीय सरकारलाई जिम्मेवारी दिने गरी खाका निर्माण भएको जानकारी गराए । तर यही खाका अनुसार नै जान्छ भन्ने पूर्ण रुपमा जवाफ दिन सक्ने अवस्था नभएको मन्त्री तिमिल्सिनाले बताए ।
Advertisement
संघीय सरकारले स्थानीय ऐन लागु गर्ने वित्तिकै संघीय संग नबाझिने गरी प्रदेश सरकारले पनि स्थानीय ऐन चाडो भन्दा चाडो जारी गर्ने उनले बताएका छन । उनले थप भने, ‘किन भने आजको आवश्यकता त्यो छ र यस अघि पनि हामीले २०२८ सालको शिक्षा ऐन नै लागु गरेका छौं । मुलुकले रुपान्तरण गर्नका लागि शिक्षालाई प्रविधि संग जोड्न र रुपान्तरण गर्न जरुरी छ भन्ने लाग्छ र त्यही अनुरुप हामी अगाडि बढ्छौँ ।
उनले अरु कर्मचारीलाई छुट होला तर शिक्षा क्षेत्रका कर्मचारीलाई छुट नभएको बताउदै शिक्षा भविष्य संग जोडिएकोले यस क्षेत्रमा काम गर्ने शिक्षक, कर्मचारी र मन्त्री जिम्मेवार रुपमा प्रस्तुत हुन जरुरी रहेको निर्देशन समेत गरेको बताए ।
टिप्पणीहरू