राजेन्द्र महतो
११ फाल्गुन, सिरहा । सिराहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको न्यायका लागि राजविराजमा प्रदर्शन भएको छ ।
स्थानीय युवा तथा दलित अभियन्ताहरूले आइतबार राजविराजमा प्रदर्शन गरेका हुन ।
Advertisement
‘रिंकुलाई न्याय दे’, ‘घटनामा संलग्न अपराधीलाई कारबाही गर’, ‘बलात्कारीलाई फाँसी दे’ लगायतका नारा सहित बजार क्षेत्र परिक्रमा गरेका छन् । प्रदर्शनमा सहभागी युवा र अभियन्ताहरूले घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिन खोजिएको बताए ।
रिंकुकुमारी गत माघ ३० गते बेलुका ७ बजेको समयमा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसअघि उनले गाउँकै तीन जना युवकहरुले आफूलाई बलात्कार गरेको जानकारी दिएपछि गाउँमै पञ्चात बसेर तीनै जना संग एक लाख ५० हजार रुपैयाँ क्षतिपुर्ति तराउने निर्णय भएको थियो ।
Advertisement
तर उक्त निर्णय रिंकु र उनको परिवारलाई मन परेको थिएन ।
टिप्पणीहरू