Close sidebar
  • ताजा
  • लोकप्रिय
  • शिवरात्री सम्म ७० देखि ८० करोड भक्तजनले महाकुम्भ स्नान गर्ने

    अभिषेक गुप्ता
    ११ फाल्गुन, बाँके । नेपाल–भारत सम्बन्धमा काम गर्ने स्वैच्छिक संस्था नेपाल भारत मैत्री संगठनले महाकुम्भ मेलामा तीर्थयात्रीका लागि निःशुल्क शिविर र सञ्चालन गरेको छ ।

    महाकुम्भ स्नान गर्न पुग्ने नेपाली भक्तजनहरूलाई सहज रुपमा स्नान गराएर र आफ्नो नेपाल पठाउने वातावरण शिविर मार्फत भइरहेको छ ।

    Advertisement

    महाकुम्भमा सुरुवातबाट स्नान गर्न पुग्ने नेपालीहरुलाई नेपाल–भारत मैत्री संगठनले महाकुम्भमा सहज व्यवस्थापन गरेर निःशुल्क रुपमा श्रद्धालुहरूलाई स्नान गराएर आफ्नो घर प्रस्थान गराउन व्यवस्थापन गर्दै आएको छ ।

    महाकुम्भ कार्यक्रमलाई सफल बनाउन नेपाल–भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमारले आ–आफ्नो सहभागिता सुनिश्चित गर्नुका साथै नेपालबाट आउने भक्तजनलाई नुहाउने, खाना, बस्न भक्तजनलाई गन्तव्यमा पुर्याउन सहयोग गरेको नेपाल भारत मैत्री संगठनका केन्द्रीय सदस्य आशिष गुप्ताले जानकारी दिएका छन् ।

    Advertisement

    त्यसै क्रममा अनंतश्री विभूषित महामंडलेश्वर स्वामी देवस्वरूपानंद सरस्वती महा निर्वाणी अखाड़ामहन्तले १४४ वर्षपछि लागेको महाकुम्भ सबै ग्रह नक्षत्र मिलेर यो अवसर जुरेको बताए ।

    यस्तै, संचालक गंगा कल्पवास सेवा आश्रमका पण्डित उदय गंगा प्रसाद पांडेयले महाकुम्भमा मित्रराष्ट्र नेपालबाट आउने भक्तहरू उल्लेखनीय सहभागिता देखेर आफुहरु नेपाल हिन्दु राष्ट्र रहेको पनि अनुभूति भएको बताए ।

    Advertisement

    यस महाकुम्भमा ५६ करोड भक्तजन विश्वको विभिन्न देशबाट भक्तजन आएर महाकुम्भमा स्नान गरेर फर्किइको बताइएको छ ।

    शिवरात्री २६ फरवरी सम्म ७० देखि ८० करोड भक्तजनहरूको अवलोकन हुने समेत महन्तले बताए छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »