१ फाल्गुन, काठमाडौँ । सुन जस्तो देखिने धातु सहित दुई जना प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब ३ सय १८ ग्राम तौलको सुन जस्तो देखिने धातु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र साङ्ली बस्ने २७ वर्षीय महेश अम्रुत मानी र भारत महाराष्ट्र सोलापुर बस्ने २४ वर्षीय राहुल खंडु सरक रहेका छन् ।
प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००२ ख ०५४२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त धातु सहित पक्राउ गरेको केन्द्रीय प्रहरीले जनाएको हो ।
Advertisement
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
टिप्पणीहरू