१ फाल्गुन, बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिकामा पहिलो पटक प्रथम प्रादेशिक राप्ती सोनारी कृषि, पर्यटन, तथा व्यपार महोत्सव हुँदैछ ।
राप्ती सोनारी उद्योग वाणिज्य संघ, राप्ती सोनारी, बाँकेको आयोजनामा यही फाल्गुन २ गते देखि ११ गते सम्मा महोत्सव आयोजना गरिएको छ ।
Advertisement
महोत्सवमा कृषि, व्यापारिक, होटल रेस्टुरेन्ट, थारु गाँउ सहित एक सय बढी स्टल राखिने बताइएको छ । उद्योग वाणिज्य संघका अनुसार शुक्रबार दिउँसो १ः०० बजे भब्य रुपमा महोत्सव उद्धाटन गरिने कार्यक्रम रहेको छ ।
राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष तप्त पौडेलको प्रमुख अतिथित्वमा महोत्सव उद्धाटन गर्ने कार्यतालिका रहेको संघका अध्यक्ष टीकाराम ढुंगानाले नाईल खबरलाई बताए ।
Advertisement
उनका अनुसार शुक्रबार उद्धाटन समारोहको लागि सम्पूर्ण तयारी पूरा भएको छ । समारोहलाई भब्य बनाउन कलश यात्राको समेत आयोजना गरिनेछ ।
राप्तीसोनारी देशकै जेठो पालिका भएको हुनले सबै क्षेत्रलाई समेट्ने गरी दुई तर्फबाट झाकी सहितको कलश यात्रा आयोजना गरेर भब्य रुपमा महोत्सव उद्धाटन गर्ने तयारी छ । शुक्रबार बिहान ११ बजे कलश यात्रा अगैया हुँदै रंगशाला पुग्ने र विनौना हुँदै रंगशाला प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
Advertisement
राप्तीसोनारी ग्रामीण भेग भएको हुनले कृषि, पर्यटन, धार्मिक र विषेश गरेर पर्यावरण संग जोडेर महोत्सव संचालन गर्न लागिएको संघका अध्यक्ष ढुंगानाले बताए ।
महोत्सवमा अवलोकन गर्न आउने पाहुनाहरुलाई बाँके राष्ट्रिय निकुञ्जले निःशुल्क सफारी गराउने गरी सहकार्य भएको अध्यक्ष ढुंगानाले नाईलकर्मीलाई जानकारी गराए । उनका अनुसार यस बाहेक कलाकार तथा अतिथिहरुलाई राप्तीसोनारीमा रहेका विभिन्न धार्मिक स्थल अवलोकन गराइनेछ ।
Advertisement
यस्तै, स्थानीय कृषकहरुको प्रवद्र्धनका लागि स्थानीय स्तरमा उत्पादन भएका वस्तुको बजारीकरण गर्न महोत्सवमा आह्वान गरिएको छ ।
अध्यक्ष ढुंगानाका अनुसार १५ वटा स्टल सेवामुलक तथा स्थानीय स्तरलाई चिनाउने संघसंस्था र कृषकहरुका लागि छुट्याइएको छ । यस्तै, ७० वटा व्यापारिक स्टलहरु राखिनेछ ।
टिप्पणीहरू