२६ पुष, काठमाडौँ । शनिवार रातिदेखि पानी पार्ने प्रणाली भित्रिन लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको सर्कुलर गरेको छ ।
Advertisement
यस्तै, आइतवार मधेश प्रदेश बाहेक देशका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतवार रातिदेखि पानी पार्ने प्रणाली कमजोर बन्ने र सोमवारदेखि मौसममा सुधार हुने मौसम विभागले जनाएको हो ।
टिप्पणीहरू