Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’ (भिडिओ)

    १९ पुष, काठमाडौँ । बेजिला फिल्मसको प्रस्तुतिमा रहेको प्रेमिल गीत ‘सौभाग्य मेरो जीवनको’ सार्वजनिक भएको छ । गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।

    गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश अन्जन कडरियाको रहेको छ । गीतलाई गायक सुमन केसीले नै संगीत संयोजन गरेका छन् ।

    Advertisement

    गीतको भिडियोलाई लक्ष्मण पुन लक्स को निर्देशनमा तयार पारिएको हो । सहाएक निर्देशनमा धर्मेन्द्र पुर्जा रहेका छन् । भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा मुख्य भूमिकामा देखिएका छन् । भिडियोको छायाँकन गोविन्द बिष्टले गरेका हुन् । भिडियोको सम्पादन र कलर सुधार सुप्रिम पराजुलीले गरेका छन् ।

    जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस म्युजिक भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । भिडियो बेजिला फिल्मस्‌को आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ ।

    Advertisement

    भिडियो लिंकः

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »