१९ पुष, बझाङ । बझाङको तलकोट गाउँपालिकामामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
गएराति साढे ८ बजेको समयमा तलकोटबाट चैनपुर तर्फ जाँदै गरेको से १ ज ८४३ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको हो । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
Advertisement
तलकोट गाउँपालिका–२, सुकगाड दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी गराए ।
उनका अनुसार दुर्घटनामा परेका तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि अस्पताल लानेक्रममा मृत्यु भएको हो ।
Advertisement
दुर्घटनामा जीपका चालक केदारस्युँ गाउँपालिका–१ का ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, तलकोट गाउँपालिका–४ का ७२ वर्षीया जोगेनीदेवी धामी र पाँच वर्षीया बालिका आकृती धामीको मृत्यु भएको छ ।
टिप्पणीहरू