१८ माघ, काठमाडौँ । आज देखि प्रारम्भ भएको राष्ट्रियसभाको सत्रौँ अधिवेशनमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको बताएका छन् ।
हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि बोल्नै नपाउने गरी नियन्त्रण गर्न खोज्दा नागरिक आतंकित भएको बताएका हुन् ।
Advertisement
प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरंकुशताको झल्को दिएको उनले बताए ।
टिप्पणीहरू