१८ माघ, नवलपरासी । पश्चिम नवलपरासीमा लागु औषध नियन्त्रणमा लिने क्रममा गोली फायर भई एक जना मानिस घाइते भएका छन ।
रामग्राम नगरपालिका वडा नं. १२ पचगाँवा बस्ने वर्ष ५२ को राजेश लोनियाको घरमा लागु औषध बिक्रि बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बिहीबार राति आठ बजेको समयमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट प्र.ना.नि. सागर भट्टराईको कमाण्डमा खटिएको ५ जनाको टोलीले लोनियाको घरमा गई तत्काल परिमाण नखुलेको लागु औषध (ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ) सहित मानिस नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरी माथि आक्रमण गर्न आएको र प्रहरी हौ भनि जानकारी गराउँदा समेत प्रहरीको साथमा रहेको पेस्तोल समेत खोस्न लागेको प्रहरीले जनाएको छ ।
Advertisement
लागू औषध कारोबारमा संलग्न व्यक्ति भाग्न खोजेकोमा प्रहरीले उक्त पेस्तोलबाट ४ राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
गोली प्रहार गर्दा उक्त फाएर राउण्ड मध्ये १ राउण्ड लोनियाको बायाँ खुट्टामा गोली लागेर घाईते भएपछि प्रहरी नियन्त्रणमा लिई प्रहरीकै गाडीमा राखी उपचारको लागी जिल्ला अस्पताल परासीमा पठाईएको हो ।
Advertisement
घाइतेको अवस्था मध्यम रहेको र उक्त लागु औषध किनबेचमा संलग्न रहेको एक जना ब्यक्ति फरार भएका छन भने उक्त स्थानबाट ९३ पुरिया (ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ) लागु औषध नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बोहराले बताए ।
टिप्पणीहरू