१८ माघ, बाँके । नेपालगञ्जमा एक महिला आफ्नै घरमा बलात्कृत भएको घटनालाई बाँके प्रहरीले करिब नौ दिन सम्म पीडक विरुद्ध मुद्दा दर्ता नगरेपछि गृहमन्त्रीले मुद्दा दर्ता गर्न निर्देशन दिएका छन ।
बलात्कार घटनाका पिडकलाई तत्काल नियन्त्रणमा लिन गृहमन्त्री रमेश लेखकले बाँके प्रहरीलाई निर्देशन दिएका स्रोतले जनाएको हो ।
Advertisement
घरवारीटोल नजिकै पसल गरि बस्ने ३५ बर्षिया महिला घर भित्रै बलात्कृत भएकी छन् । बलात्कारका आरोपीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा नलिँदा ज्यान असुरक्षित भएको पीडित महिलाले बताएकी छन् ।
माघ ६ गते करिब राती ८ बजेको समयमा ढोका थुनेर घर भित्रै बलात्कार गरेपछि पीडित महिला प्रहरीमा जाहेरी दिन पुगेकी थिइन । महिला माथि कुटपिट समेत भएको थियो । पीडकले गरगहना र पसलबाट पैसा समेत लुटेर लगेको उनले बताएकी छन् ।
Advertisement
घटनाको विषयमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन पछि लुम्बिनीका डिआईजीले रिर्पोट लिएपनि बाँके प्रहरीले अटेर गरिरहेको थियो ।
बाँके प्रहरीको उदासिन्ताका कारण पीडित महिला असुरक्षित महसुस गरिरहेको बताइन ।
टिप्पणीहरू