Close sidebar
  • ताजा
  • लोकप्रिय
  • चरेश मुद्दामा २० वर्षदेखि फरार रहेका चन्दन कुमार पक्राउ

    १८ माघ, पर्सा । लागुऔषध चरेश मुद्दामा २० वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

    वीरगञ्ज महागरपालिका–१६ नगवा बस्ने ४१ वर्षीय चन्दन कुमार रौनियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    Advertisement

    २०६१ असार १३ गते लागुऔषध चरेश मुद्दामा पर्सा जिल्ला अदालतले रौनियारलाई २ वर्ष ७ महिना कैद र १० हजार रूपैयाँ जरिवाना तोकेको थियो । त्यसपछि उनी फरार थिए ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले उनलाई बिहीबार दिउँसो नगवाबाट पक्राउ गरिएको प्रहरीले बताएको हो ।

    Advertisement

    पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा पर्सा प्रहरीको विशेष टोलीले दुई दिनको अवधिमा २४ हजार ३४७ जरिवाना तोकिएका १२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेर अदालत पेश गरेको डीएसपी सुवास भट्टले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »