१३ कात्तिक, काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा आन्दोलनरत अधिकारकर्मी र गृह मन्त्रालय बीच सहमति भएको छ ।
निर्मला कुर्मी अपहरण शरीर बन्धक तथा कर्तब्य ज्यान सम्बन्धि जाहेरीको विषयलाई लिएर गत साउन २५ गते देखि आन्दोलनरत रुबी खान सहितको समूह र गृह मन्त्रालयका प्रतिनिधि बीच सहमति भएको हो ।
Advertisement
उनीहरु बीच तीन बुदेँ सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।
निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरी सँग सम्बन्धित अनुसन्धान सम्बन्धमा गृह मन्त्रालय र आन्दोलनरत पक्ष बीच मिति २०८१ आषाढ १० गते भएको सहमतिको बुँदा नं. १ बमोजिम शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई पत्राचार गर्दे सहमति भएको हो ।
Advertisement
विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूलाई थप अनुसन्धानको लागि आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाईनेछ ।
Advertisement
सहमति अनुसार आन्दोलनरत पक्ष र उनीहरुको परिवारको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्राचार गरिनेछ ।
Advertisement
आन्दोलनरत पक्षले आजैबाट आन्दोलन अन्त्य गर्ने समेत गृह मन्त्रालय संग सहमति भएको हो ।
टिप्पणीहरू