Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा महोत्सव लाग्दै

    ४ कात्तिक, बाँके । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले नेपालगञ्जमा महोत्सव गर्ने भएको छ ।

    आज नेपालगञ्ज स्थित बौद्ध गुम्बामा पत्रकार सम्मेलन मार्फत आयोजकले यहि कात्तिक २९ देखि मंसिर १८ गते सम्म महोत्सव सञ्चालन गर्न लागेको जनाएको छ ।

    Advertisement

    आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, भेषभूषा संरक्षण गर्ने उद्देश्यका साथ ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ गर्न लागिएको संस्थाका अध्यक्ष डम्बरबहादुर थापामगरले जानकारी गराए ।

    संस्थाको भवन निर्माण सहयोगार्थ महोत्सव सञ्चालन गर्न लागिएको बताइएको छ । महोत्सवमा औद्योगिक तथा व्यापारिकसहित महोत्सवमा २५० स्टल रहनेछन् ।

    Advertisement

    महोत्सव अवधिभर तीन लाख दर्शकले मेला अवलोकन गर्ने र पाँच करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »