Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

    pardafas

    ४ कात्तिक, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    Advertisement

    उनलाई आइतबार दिउँसो १ बजे जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । त्यसपछि न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो ।

    रविलाई अदालत पुर्‍याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएपनि रास्वपा कार्यकर्ताले प्रदर्शन जारी राखेका थिए । त्यसक्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »