२७ भदौ, काठमाडौँ । नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर प्रहरीको साइबर व्यूरोले पक्राउको प्रयास गरेको घटना प्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
आज दिउँसो काठमाडौं स्थित हार्दिक होटलमा एक छलफल कार्यक्रममा सहभागी रहेका पत्रकार बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले जबर्जस्ती पक्राउ गर्न खोजेपछि छलफलमा रहेका अन्य पत्रकारले प्रतिरोध गरेपछि पक्राउ नगरी प्रहरी फर्किएको जनाइएको छ ।
Advertisement
संप्रेषित समाचार प्रति परेका उजुरी वा गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको भएपनि प्रहरीले हस्तक्षेप गर्नु निन्दनीय भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रता माथि गम्भीर आघात पुगेको महासंघका महासचिव रोसन पुरीले जानकारी गराए ।
Advertisement
महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।
टिप्पणीहरू