Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज-२१ का ज्येष्ठ नागरिकलाई सम्मान

    १६ असार, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । नेपालगञ्ज-२१ का ५५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

    आइतबार साँझ नेपालगञ्ज-२१ वडा कार्यालयमा आयोजित एक कार्यक्रम बीच उनीहरुलाई जनप्रतिनिधि र कार्मचारीले सम्मान गरेका हुन ।
    वडामा ७८ वर्ष माथि रहेका ज्येष्ठ नागरिकहरुलाई खादा, छाता, झुल, टर्च लगायतका सामाग्रीहरु हस्तान्तरण गर्दै वडाध्यक्ष राज कुमार साहु र निर्वाचित सदस्यहरुले सम्मान गरेका हुन ।

    Advertisement

    बर्खाको अबेर रातमा बाहिर निस्किन सहज हुने उद्देश्यका साथ उनीहरुलाई टर्च र छाता वितरण गरिएको वडाध्यक्ष साहुले जानकारी दिए ।

    उनले भने, ‘बर्खाको बेलामा टर्च, लामखुट्टेबाट बच्नका लागि झुल, पानीबाट बच्नका लागि छाता अति आवश्यक रहेको हुनले उनीहरुलाई उक्त सामाग्री सहित सम्मानित गरिएको हो ।’

    Advertisement

    सभालाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा खुसी मह्सुस गरिरहेको बताए ।

    उनले भने, ‘हामीले सरकारले बनाएको नीति नियमलाई टेकेर ज्येष्ठ नागरिकहरुलाई निमन्त्रा दिएर सम्मानित गरेका छौं ।’

    Advertisement

    उनले वडामा ७८ वर्ष पुगेको र सम्मान गर्न छुटेका त्यस्तो कोही पनि ज्येष्ठ नागरिक भए वडा कार्यालय अथवा आफुलाई सम्र्पक गर्न आग्रह गरेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »