१९ भदौ, बाँके । भेरी अस्पताल नेपालगञ्जमा ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिएको छ ।
क्यान्सर जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले जानकारी दिए ।
Advertisement
उनले भने, ‘अबको केही दिनमा हिस्टो प्याथोलोजी सेवा सुरु हुनेछ । क्यान्सर पत्ता लगाउन जाँच गरिने हिस्टो प्याथोलोजी सेवा सुरु गर्ने आवश्यक तयारी भइरहेको छ ।’
अस्पतालले हाल आपतकालिन प्रयोगशाला जाँच २४ सै घण्टा र ओपिडी प्रयोगशाला बिहान १० बजेदेखी अपरान्ह ५ बजेसम्म सञ्चालन गर्दै आएको छ । प्रयोगशालामा दैनिक चार सय जनाले परिक्षण गराउने गरेका प्रयोगशाला इन्चार्ज प्रशन्न मिश्रले बताए ।
हाल बाँकेमा खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा हिस्टो प्याथोलोजी सेवा प्रदान गरिएको छ ।
















टिप्पणीहरू