१९ भदौ, बाँके । ११० औं विपी जयन्तीकाे अवसरमा नेपालगञ्जमा बृहत रक्तदान गरिने भएको छ ।
यही भदौं २४ गते नेपालगञ्ज स्थित भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा रक्तदान गर्न लागिएको हो ।
Advertisement
नेपाल तरुण दल बाँकेको आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघको सहकार्यमा रक्तदान गरिनेछ ।
नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौंरको प्रमुख आतिथ्यतामा हुने रक्तदान कार्यक्रममा सहभागिताका लागि सबैलाई आब्हान गरिएको तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाहले बताएका छन् ।
टिप्पणीहरू