Close sidebar
  • ताजा
  • लोकप्रिय
  • खजुरामा ब्लड बैंक स्थापना

    १९ भदौ, बाँके । बाँकेको खजुरा गाँउपालिकामा ब्लड बैंक स्थापना गरिएको छ । खजुरा गाँउपालिका वडा नं. ७ सुशिल कोईराला प्रखर परोपकार मिसन अस्पतालमा ब्लड बैंकको स्थापना गरिएको हो ।

    खजुरा गाँउपालिकाको आर्थिक सहयोगमा ब्लड बैंकको स्थापना गरिएको प्रशासकीय अधिकृत अजुन सुवेदीले जानकारी दिए । रक्तको कमि झेल्दै आएको खजुरा गाँउपालिका मात्रै नभई अन्य पालिका तथा जिल्लाहरुलाई समेत यस ब्लड बैंकले सहयोग पुर्याउने विस्वास लिईएको छ ।

    Advertisement

    मंगलबार एक कार्यक्रम बीच संघीय संसद किशोर सिंह राठौरले उक्त ब्लड बैंकको उद्धाटन गरेका छन । सांसद राठौरले आफुबाट हुने सहयोगका लागि सधै तत्पर रहने बताएका छन ।

    गाँउपालिका अध्यक्ष डम्बर बहादुर बि.क. (तुफान) को पहल तथा नेपाल रेडक्रस सोसाईटी बाँके र सुशील कोइराला क्यान्सर अस्पतालको सहकार्यमा ब्लड बैंकको स्थापना गरिएको हो ।

    Advertisement

    पश्चिम क्षेत्रका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपञ्चिम प्रदेशको छाया अस्पताल रहेको सुशील कोइराला क्यान्सर अस्पतालमा लाभ लिन आउने सेवाग्राहीलाई रक्त अभाव हुदाँ नेपालगञ्ज र कोहलपुर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

    यो क्यान्सर अस्पताल नेपालको अन्य अस्पतालको तुलनामा तेस्रो स्थानमा रहेको अस्पताल प्रशासनले जनाएको छ । उद्धाटन समारोमा विभिन्न संघ संस्थामा आवद्ध व्याक्तित्वहरुले रक्तदान समेत गरेका थिए ।

    Advertisement

    उद्धाटन समारोहमा लुम्बिनी प्रदेश क्षेत्र नं ३ ‘ख’ का संसद बादशाह कुर्मीको समेत उपस्थिती रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »