१३ साउन, बाँके । मोहर्रमको अन्तिम दिन आज प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुले पानी वितरण गरेका छन ।
नेपालगञ्जका विभिन्न स्थानमा राखिएको ताजिया बिसर्जन क्रममा विभिन्न व्यक्ति विषेश, समुदाय, संघ संस्थाहरुले पानी वितरण गरेका हुन ।
Advertisement
यस्तैमा सदभावको संदेश दिन प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, बाँकेको आयोजनामा वृहत जल वितरण गरिएको हो ।
धार्मिक काममा अग्रसर बन्दै प्रजातान्त्रिक उद्योगी व्यवसायीले नेपालगञ्ज स्थित वडा प्रहरी कार्यालय अगाडि पानी वितरण गरिएको कार्यक्रमका संयोजक तथा संघका नगर सदस्य जिनुरैन मुल्तमिस (साहिल)ले जानकारी दिए ।
Advertisement
आज नेपालगञ्ज तथा आसपास क्षेत्र लागयत गाँउमा राखिएको ताजियालाई धुमधामसंग बिसर्जन गरेर मोहर्रम पर्वको विदाई गरिएको छ । बिभिन्न समुदायको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै पानी वितरण गरिएको हो ।
यस कारण पनि सदभावको शहर नेपालगञ्जमा भने मोहर्रममा केही फरक दृष्यहरु देख्न पाइन्छ । मुस्लिम समुदायको यस पर्वमा हिन्दुहरु पनि सहभागी हुने गर्दछन । पानी विरतण गरेर मात्रै सहभागिता नभई हिन्दु समुदायमा पनि ताजिया राख्ने चलनको सुरुवात हुन थालेको छ ।
टिप्पणीहरू