Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा यसरी मनाईयो ‘मोहर्रम पर्व’

    १३ साउन, बाँके । मोहर्रमको शनिवार अन्तिम दिन नेपालगञ्जका विभिन्न स्थानमा राखिएको ताजियालाई धुमधाम संग बिसर्जन गरिएको छ ।

    नेपालगञ्ज तथा आसपासका क्षेत्र लागयत तथा गाँउगाँउमा राखिएको ताजियालाई धुमधामसंग बिसर्जन गरेर मोहर्रम पर्वको विदाई गरिएको हो ।

    Advertisement

    मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा करोड बढीका ताजिया राखिएको अनुमान गरिएको छ ।

    मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रुपमा आज नेपालगञ्ज स्थित रहेका कर्बलामा विर्सजन गरिएको छ । सदभावको शहर नेपालगञ्जमा भने मोहर्रममा केही फरक दृष्यहरु देख्न पाइन्छ । मुस्लिम समुदायको यस पर्वमा हिन्दुहरु पनि सहभागी हुने गर्दछन । हिन्दु समुदायमा पनि ताजिया राख्ने चलनको सुरुवात हुन थालेको बताउँछन ।

    Advertisement

    इराक स्थित कर्बलामा युद्धका दौरान ७२ जनाले शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा बर्षैदेखी नेपालगञ्जमा हरेक वर्ष अरेबिक पात्रो अनुसार नयाँ वर्ष मोहरर्म महिनाको ५ तारीख ढोल- आलम जुलुस, ६ तारीख मेंहदी जुलुस, ७ र ८ तारीख हुसैनी जुलुस मातम र ९ तारीख ताजिया स्थापना गरि १० तारीखका दिन ताजिया बिसर्जन गरि मोहरर्म पर्व सम्पन्न हुने धार्मिक अगुवाहरु बताउँछन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »