७ पौष, बाँके । छैठौं नेपालगञ्ज महोत्सवमा रोमाञ्चक खेल कुस्ती प्रतियोगिता प्रति दर्शकको आर्कषक बढदै गएको छ । कुस्ती प्रतियोगिता पौष ६ गतेबाट सुरु भएको थियो । कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ ए.जी. सर्भिस प्रा.लि. नेपालगञ्ज ६ ले आयोजना गरेको छैठौं नेपालग्रञ्ज महोत्सबमा कुस्ती खेल प्रति युवा देखि ठूला सम्मको […]
७ पौष, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो साढे १२ बजेको समयमा बारबर्दिया नगरपालिका वडा नं. ४, बैरियाका रामशंकर थारुको करिब ११ वर्षिय छोरा सुमित थारुलाई बबई नदिमा नुहाउन गएको अवस्थामा बाघको आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । जिरा सामुदायिक वन नजिकै पाटे बाघले आक्रमण […]
५ पौष, बाँके । छैठौं नेपालगञ्ज महोत्सव २०८० को प्रेस संयोजकमा पत्रकार भगतराम थारुलाई जिम्मेवारी दिईएको छ । ए.जि. सर्भिस प्रा.लि. नेपालगञ्ज ६ ले ‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुलनाराका साथ आयोजना गरेको महोत्सवको मिडिया मार्फत प्रचारप्रसारका लागि पत्रकार भगतराम थारुलाई जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आधिकारिक रुपमा आयोजक समितिले […]
३० मंसिर, धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन शुरु गरेका छन । कैलालीको गेटामा अवरोधको सामाना गरेपछि डा. गोविन्द केसीले शुक्रवार साझबाट धनगढीमा अनसन शरु गरेका छन् । शुक्रबार दिउँसो अनसनको घोषणा गरे लगत्तै साझ गेटामा अवस्थित प्रस्तावित मेडिकल कलेजमा पुगेका थिए । तर उनलाई स्थानीय वासिन्दाले […]
३० मंसिर, जाजरकोट । हालै कार्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको बिनाशकारी भुकम्पबाट प्रभावित घरपरिवारलाई राहत सामग्री सहित श्रम सहयोग गरिएको छ । सहकर्मी समाज नेपाल र फास्टर्न एक्सनको सहकार्यमा जाजरकोटको भेरी नगरपालिका वडा नं. १ पिपे र ४ र रुकुम पश्चिमको सानोभेरी गाँउपालिकामा राहत सामग्री सहित श्रम सहयोग गरीएको हो । […]
२९ मंसिर, काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । शुक्रबार डा. केसीले पत्रकार सम्मेलन मार्फत आज बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी गराए । सरकारले विगतमा पटक-पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै उनी सत्याग्रह सुरु गर्न लागेका हुन । सरकारी अस्पतालहरुमा मागअनुसार […]
२९ मंसिर, धनुषा । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीय बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको छ । उनी बुधबार साँझदेखि बेपत्ता थिइन । शवको प्रकृति हेर्दा बलात्कार गरी उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । शवको प्रकृतिले घटना शंकास्पद देखिएको तर पोस्टमार्टम […]
२८ मंसिर, बारा । बारा जिल्लामा घटेका घटनाको सत्य तथ्य सूचना सही समयमा सञ्चारकर्मीहरुलाई उपलव्ध नहुने, सञ्चारकर्मीले आधिकारिकताका लागि सम्पर्क गर्दा प्रहरी प्रमुख एवं प्रवक्ताले फोन नउठाउने जस्ता गतिविधि पछिल्लो समय देखिदै आएको जनाउँदै प्रेस युनियन बारा शाखाले घोरभत्र्सना गरेको छ । प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, […]
२७ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको छ । प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनि, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सूर्तीजन्य पदार्थहरुको बिक्री वितरणमा आजबाट पूर्ण निषेध गरिएको महानगरपालिकाको […]
२५ मंसिर, काठमाडौँ । इन्टरपोलले आयोजना गरेको प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षक नारायण थापा र उमेश गुरुङ श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चबाट सम्मानित भएका छन । उक्त मञ्चले सोमबार नेपाल […]