२८ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम हुनुपर्ने बताउनुभएको छ। आइतबार दिउँसो काठमाडौँको प्रज्ञा भवनमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने […]
२५ फाल्गुन, बाँके । सिके रावत नेतृत्वको जनमत पार्टी नेपालगन्ज नगर कार्य समितिले होलीको दौरान घटेको अप्रिय घटनाको निन्दा व्यक्त गर्दै प्रशासन समक्ष छानविन गरी कार्वाहीको माग प्रस्तुत गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ लखेरन टोलमा रहेको शिव मन्दिरमा सोमबार घटेको अप्रिय घटना प्रति खेद प्रकट गर्दै जनमत पार्टी नेपालगन्ज नगर कार्य […]
२४ फाल्गुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको महिला आन्दोलनबाट प्राप्त उपलब्धिबाट गर्व गर्नुपर्ने बताएका छन । एक सय १३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा महिला अधिकारका सम्बन्धमा गौरव गर्नुपर्ने कामहरू भएको बताए । अध्यक्ष ओलीले महिलालाई सामाजिक […]
२३ फाल्गुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै नचाहेको आरोप लगाएका छन । पार्टीले आज ललितपुर स्थित केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन […]
२३ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूणर् आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरक समेत भएको बताएका छन । मंगलबार बिहान काठमाडौंको गोकणर्मा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री […]
२३ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सरकार दृढ रहेको बताएका छन । आज दिउँसो सिंहदरबारमा वाइसियल नेपालद्वारा पेश भएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार र सरकारलाई समर्थन गर्ने सबै राजनीतिक दलहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार संक्रमणकालिन न्यायको मान्यता अनुरुप […]
२१ फाल्गुन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी रहेको छ । आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई गएको माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । […]
१८ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका छन । बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ […]
१७ फाल्गुन, काठमाडौं । आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयकमाथि छलफल हुन सक्ने बुझिएको छ ।
१४ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरू सँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मान सहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको जानकारी गराए । त्यस क्रममा प्रधानमन्त्रीले भने, ‘आज जनयुद्धको क्रममा पहिलो […]

