३० भदौ, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारी सँग छलफल भइरहेको बताएका छन् । उनले आज बिहान सामाजिक सञ्जाल मार्फत मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेको उल्लेख गर्दै यस प्रति सरकारको ध्यानाकर्षण भएको बताएका हुन् । […]
३० भदौ, चितवन । चितवनमा मालवाहक ट्रक दुर्घटनामा परेको छ । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक त्रिशुलीमा खसेको छ । खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो । ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । भरतपुर महानगरपालिका-२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको […]
२३ भदौ, काठमाडौँ । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरण बाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रा. लि. ले नोमसलाई भाद्र १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्च गरेको हो । स्विच टाईमपिसेस् नेपालको दरबारमार्ग […]
२३ भदौ, बाँके । बाँकेको नेपालगञ्जका विभिन्न स्थानमा गणपति बप्पाको मुर्ति शनिवार स्थापना गरेर पूजा आराधना गरिदैँछ । गणपति बप्पाको मुर्ति स्थापनाका लागि पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठको प्राङ्गणमा रहेको तालबाट कलशमा जल भरेर पूजाआराधना गरिन्छ । पूजा गर्ने स्थानमा सरसफाई नहुदाँ श्रद्धालुहरुलाई सास्ती भएको छ । बागेश्वरी माता मन्दिर परिसरभित्र रहेको तालको बीच भागमा रहेको […]
९ भदौ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ […]
७ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा उनले गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको बताएका छन […]
२५ साउन, काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निणर्य गरेको छ । विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा २९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निणर्य गरेको कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गरेको छ । कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा व्यवसायीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा सहभागी […]
२० साउन, काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुत स्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जति सक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो । मध्यपूर्वमा बढ्दो बढ्दो तनावबारे जानकारी गराउँदै कुनै पनि टिकट लिएर अमेरिका फर्किन भनेको हो । तेहरानमा बुधबार हमास नेता इस्माइल […]
१७ साउन, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज स्थित बसपार्कबाट अबैध सामान बरामद गरेको छ । बिहीबार बिहान ९ बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिकैबाट अबैध सामानहरु बरामद गरेको डिएसपी एवं सूचना अधिकारी नारायण डाँगीले जानकारी गराए । उनका अनुसार प्रहरीले १६०० के.जि. चिनी (मुल्यः प्रति के.जि. ६० को दरले ९६ […]
१७ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ८ को नवनिर्मित प्रशासकीय भवनको आज समुट्घाटन भएको छ । पशुपति अमालकोट कचहरीमा निर्माण भएको भवनको शिलालेख महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सार्वजनिक गरेका हुन । नवनिर्मित भवन नेवारी शैलीमा निर्माण भएको छ । भवनमा भित्री सुविधा आधुनिक खालका छन् । बाहिरी स्वरुप प्राचीन ढाँचाको छ […]