९ फाल्गुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्रभित्र रहेका व्यक्ति तथा सङ्घसंस्थालाई स्थान खाली गर्न आग्रह गरेको छ । महानगरले आज एक सूचना जारी गरी ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसलाअनुरूप उक्त जग्गा सरकारी कायम भएकाले सात दिनभित्र स्थान खाली गर्न आग्रह गरेको हो । महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–१३ […]
९ फाल्गुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका छन् । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान […]
८ फाल्गु, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१, राकाथुमको कोथपे र सिन्धुलीको सुनकोशी गाउँपालिका–२, मझुवा जोड्ने झोलुङ्गे पुल निर्माण सुस्त गतिले अघि बढेको छ । तीन वर्षअघि सुरु भएको पुल निर्माण कार्यको ३५ प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ । सङ्घीय सरकारको सात करोड ३५ लाख रुपियाँ लागतमा निर्माण थालिएको उक्त पुलको लम्बाइ ४ […]
८ फाल्गुन, बाँके । सशस्त्र प्रहरी बल बढैया बीओपीले शिपरी नजिकै किरननालापुलबाट प्रतिवन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेर नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा बढैया बीओपीबाट सशस्त्र प्रहरी निरीक्षक टिका राम गोसाईको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले जानकी गाउँपालिका वडा नम्बर १ स्थित शिपरी क्षेत्रबाट प्रतिवन्धित भारतीय ब्रोइलर कुखुरा […]
६ फाल्गुन, चितवन । चितवनका किसानले सडकमै दूध पोखेर आन्दोलन गरेका छन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेर विरोध जनाएका हुन । किसानको समस्या समाधान गर्न सरकार असक्षम रहेको भन्दै आन्दोलित किसानहरुले कृषिमन्त्रीको राजीनामा समेत माग गरेका छन । दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएको […]
६ फाल्गुन, काठमाडौँ । सरकारले बाह्य मुलुकबाट दुध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २ गतेको निर्णयअनुसार दुग्धजन्य पदार्थ पैठारीमा रोक लगाएको हो । दुध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत (उद्योगको समेत) सोही रूपमा हुन नसकेको तथा वाह्य मुलुकमा सम्भाव्य […]
६ फाल्गुन, काठमाडौँ । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तीनैजना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन ।
५ फाल्गुन, काठमाडौँ । नेपालमै हुलाक टिकट छाप्न शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सँगको समन्वयमा हुलाक सेवा विभागले टिकट छपाइ शुुरु गरेको हो । ६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट शुक्रबार देखि प्रचलनमा आएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निजि सचिवालयले जनाएको छ । मन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री […]
१ मङ्सिर, वीरगञ्ज । अझै २० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारी लगायत कारणबाट अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी छ । सहरी क्षेत्रमा […]
१ फाल्गुन, काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । विभिन्न ११ वटा सार्वजनिक निकायले लेखेको पत्रका आधारमा कार्यालयले मंगलबार ७ दिने स्पष्टीकरण सोधेको छ । यसअघि सार्वजनिक निकायले कालोसूचीमा राख्न भनि सिफारिस गरेपछि कार्यालयले वास्तविकता बुझ्न ३० दिनको समय दिएर पत्राचार गरेपनि जवाफ प्राप्त नभएको […]