१४ माघ, काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखा अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ ।
Advertisement
आज साँझसम्म पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका विभिन्न ठाउँमा हिउँ/पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशीका पहाडी भू–भागका थोरै स्थान र कोशीको तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
Advertisement
साथै लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ ।




















टिप्पणीहरू