Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कुवेतमा रोकिएमध्ये ९ जना नेपाली श्रमिकको शव नेपाल ल्याइयो

    फाइल तस्बिर

    १८ चैत्र, काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण कुवेतमा रोकिएमध्ये ९ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ ।

    उनीहरुको शव बुधबार साँझ नेपाल ल्याइएको छ । कुवेत एयरवेजको चार्टर विमानमा ती शवहरु पठाइएको हो ।

    Advertisement

    सिराहाका रमेशकुमार मोची, दाङका खुसीराम चौधरी, सिन्धुपाल्चोककी सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङ वसन्त राई, सुर्खेतकी यमुना सुनार, सल्यानका कृष्णराम्जा बुढा, सिन्धुलीकी मञ्जु मोक्तन पाख्रिन र कास्कीका रमेश नेपालीको शव आएको वैदेशिक रोजगार बोर्डले जनाएको हो ।

    उनीहरुको शवलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरसम्म लैजाने प्रबन्ध गरिएको बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »