Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

    २३ चैत्र, काठमाडौँ । संसद् सञ्चालनमा दलहरू बीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद सचिवालयमा बस्ने बुझिएको छ ।

    आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने कर्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।

    Advertisement

    सर्वदलीय बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने विषयमा पनि छलफल हुने सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको बुझिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »