Close sidebar
  • ताजा
  • लोकप्रिय
  • करिब २ सय ३ किलो अवैध गाँजा सहित एक जना पक्राउ

    २९ पुष, बारा । जीतपुर सिमरा उपमहानगरपालिका–१८ बडर्वाबाट अवैध लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    २ सय ३ किलो ८ सय ५० ग्राम अबैध गाँजा सहित मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने २४ वर्षीय निशान बहादुर सिन्चुरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    प्रहरी चौकी जैतापुर समेतबाट खटिएको प्रहरीले बिएसी २३४३ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी भागमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक निशानलाई पक्राउ गरेको हो ।

    उक्त विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    0

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »