२२ साउन, काठमाडौँ । काभ्रेको धुलिखेलमा खोलामा आएको बाढीले बगाएर ५० वर्षीया महिलाको मृत्यु भएको छ ।
धुलिखेल नगरपालिका-५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर रामेछापको खाँडादेवी गाउँपालिका-३ घर भई पनौती नगरपालिका-५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
श्रीखण्डपुर स्थित खोलामा आएको बाढीले बगाउदा करिब तीन सय मिटर तल मृत फेला पारेकी जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
टिप्पणीहरू