१७ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ८ को नवनिर्मित प्रशासकीय भवनको आज समुट्घाटन भएको छ । पशुपति अमालकोट कचहरीमा निर्माण भएको भवनको शिलालेख महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सार्वजनिक गरेका हुन ।
नवनिर्मित भवन नेवारी शैलीमा निर्माण भएको छ । भवनमा भित्री सुविधा आधुनिक खालका छन् । बाहिरी स्वरुप प्राचीन ढाँचाको छ । लिफ्टसहितको भवन अपांगमैत्री भवन होे ।
Advertisement
नवनिर्मित भवनबाट पशुपतिनाथ मन्दिर परिसर, विमानस्थल क्षेत्र, जयवागेश्वरी मन्दिर, नवाली टोल, ईट्टापाखा, दथु टोल, गौशाला लगायतका ठाउँ देखिन्छन् ।
उद्घाटन समारोहमा बोल्दै महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, विकासका योजना कार्यान्वयनलाई तीब्र बनाइएको बताए । बोलपत्र आव्हान गर्दा लाग्ने समय घटाउन नसकिने, यसबाहेकका काम छिट्टै हुने गरेको उनको भनाइ थियो ।
Advertisement
‘नवनिर्मित भवनको छतबाट हामीले हेर्यौँ । सम्पदामैत्री सडक निर्माण भइरहेका छन् । वडा भवन आफैँमा सम्पदामैत्री छ । महानगरपालिकाभित्रका भवनलाई नेवारी शैलीमा बनाउँदै लैजानु पर्छ । यसका लागि हामीले बजेट र कार्यक्रम तर्जुमा गरेका छौँ । यसबाट पर्यटन व्यवस्थापनको कामलाई अझ उचाइमा पुर्याउने हाम्रो अपेक्षा छ ।’ प्रमुख शाहले भने, ‘बोल्नेभन्दा पनि काम नै गर्नु पर्छ भन्ने हो ।’
यस्तै, उपप्रमुख सुनिता डंगोलले वडा नं. ८ को सांस्कृतिक, सामाजिक र ऐतिहासिक पक्षमा चर्चा गर्दै, महानगरपालिकाले बस्तीहरुलाई सांस्कृतिक, पुरातात्विक र पर्यटकीय आकर्षण बढाउन हाउस पुलिङ् र सम्पदामैत्री भवन निर्माण गर्नेहरुलाई अनुदान सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरिन ।
Advertisement
वडाको प्रशासनिक भवनका विषयमा कुरा गर्दै उनले थपिन, ‘वडामा सेवा लिन आउने सेवाग्राही आउँदा जति उत्साह बोकेर आउनुहुन्छ, फर्किँदा त्योभन्दा धेरै खुशी बोकेर फर्किन सक्नुहोस् । वडाले नवनिर्मित भवनबाट यसरी चुस्त सेवा दिन सकोस् ।’
‘हिजो हामीले टोल, समाज र छिमेकको भवन बनाइदियौँ । आज आफ्नै सेवाग्राहीलाई सेवा दिने प्रशासनिक भवन निर्माण गरिरहेका छौँ ।’
टिप्पणीहरू