Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सरकारले धरपकड तथा राजनीतिक प्रतिशोधको बाटो अपनाए देश पुनः द्वन्द्वतर्फ धकेलिने- महेश बस्नेत

    १३ चैत्र, काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोग कार्यान्वयन गर्ने सरकारको कुटिल र षडयन्त्रपूर्ण निर्णयले देशलाई द्वन्द्वतर्फ धकेल्ने अभिव्यक्ति जारी गरेका छन् ।

    सरकारले कार्की आयोगको प्रतिवेदन कार्यन्यवनका लागि सुरक्षाकर्मीको हकमा अर्को कार्यदल बनाएर अध्ययन गर्ने तर राजनीतिक व्यक्तिलाई कारवाही अघि बढाउने निर्णयले कुटिल षडयन्त्रपूर्ण भएको बस्नेतको भनाइ छ ।

    Advertisement

    सरकारको निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आज लेख्दै सचिव बस्नेतले यस्तो निर्णयले देशलाई द्वन्द्वतर्फ धकेल्ने उल्लेख गरेका हुन ।

    ‘कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने उसको पहिलो गाँसमा नै ढुंगा पर्ने मात्र होइन । देशलाई पुन द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्छ ।’

    Advertisement

    ‘न्याय सबैका लागि समान हुनुपर्छ, अन्यथा यसको सशक्त प्रतिरोध अवश्य हुनेछ’, उनले भनेका छन्, ‘बालेन नेतृत्वको सरकारले पहिलो क्याबिनेट बैठकमै जेन–जी घटना जाँचबुझका लागि गठित कार्की आयोगको प्रतिवेदनबारे निर्णय गरेछ। सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायतको हकमा सोझै कार्यान्वयन गर्ने कुटिल र षडयन्त्रपुर्ण निर्णय गरेको भन्ने सुनियो। यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोजे उसको पहिलो गाँसमै ढुङ्गा पर्ने मात्रै होइन, देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्छ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »