मंसूर अली इद्रिशी
३१ जेठ, बाँके । मानव अधिकार एलाइन्स बाँकेको आयोजनामा पालिका स्तरीय मानव अधिकार एलाइन्सको समिति गठन भएको छ ।
जानकी गाउँपालिका वडा नम्बर ४ स्थित नहर खजुरामा भएको भेलाले पालिका स्तरीय समिति गठन गरेको मानव अधिकार एलाइन्स बाँके अध्यक्ष घनश्याम आचार्यले जानकारी गराए ।
Advertisement
मानव अधिकार क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कार्वाहीको दायरा सम्म पुर्याउने उदेश्यले बिहिवार जानकी गाउँपालिकामा मिश्रीलाल यादवको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो ।
अधिकारकर्मीहरूलाई संगठित गर्दै मानव अधिकार एलाइन्स बाँकेले जोखिम न्यूनीकरण पीडितका पक्षमा बहस पैरवी गर्ने उद्देश्यले समिति गठन गरिएको मानव अधिकार एलायन्स बाँकेका अध्यक्ष घनश्याम आचार्यले बताए ।
Advertisement
नेकपा एमाले जानकी गाउँपालिकाका अध्यक्ष द्रोण थापाको प्रमुख अतिथिमा पालिका स्तरीय समिति गठन गरिएको थियो । अध्यक्ष थापाले स्थानीय तहमा भएका मानव अधिकार र पीडितको पक्षमा पैरवी गर्न समितिले अहम् भूमिका खेल्ने बताए ।
मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स)ले जानकी गाउँपालिकाका सवै स्थानीयवासीले समान रुपमा मानव अधिकार उपभोग गर्न पाउनुपर्नेमा जोड दिएको छ ।
Advertisement
जानकी गाउँपालिकाका अन्र्तगत समितिको अध्यक्षमा मिश्रीलाल यादव, उपाध्यक्षमा मनसरा बिसी र सचिवमा शिवबहादुर थापा चयन भएका छन ।
यस्तै, कोषाध्यक्षमा अनिस अलि इदरिसी, सहसचिवमा सुभाष कुमार यादव र सदस्यहरुमा सुरेश थापा, ननकौ यादव, चयन भएका छन ।
टिप्पणीहरू