२६ जेठ, बाँके । बाँकेको कोहलपुरबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन ।
कोहलपुर नगरपालिका-५ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २९ मिलिग्रामसहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २३ वर्षीय सन्देश थारू र सोही नगरपालिका-२ बस्ने २५ वर्षीय राम चरण थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

















टिप्पणीहरू