२७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको मैत्रीपूणर् मिन्त्रणामा आज नयाँदिल्ली जाँदै छन् । उनी भारतको औपचारिक भ्रमणमा भारत जान लागेका हुन ।
आज नयाँदिल्लीमा नननियुक्त प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत जान लागेका हुन् ।
Advertisement
नरेन्द्र मोदीले प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथग्रहण आज छ । प्रधानमन्त्री दाहाल आज दिउँसो नेपाल एयरलाइन्सबाट नयाँ दिल्ली जान लागेका हुन् । मोदीलाई आज अपराह्न राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूले शपथ गराउने कार्यक्रम छ ।
प्रधानमन्त्रीका साथ कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री छोरी एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु गौतमलगायत रहने छन् ।
Advertisement
भारत सरकारले शपथग्रहण समारोहमा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स लगायतका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको छ ।
टिप्पणीहरू