१२ जेठ, काठमाडौँ । काठमाडौँ महानगरले सडक विभाग अन्तर्गतको सडक सुपेरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँको गेटमा एक ट्रक धुलो खसालिदिएको छ ।
१५ वर्षदेखि कलङ्कीबाट महाराजगञ्जको सडक अलपत्र पारेको भन्दै एक ट्रक धुलो खन्याइदिएको मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा अभिव्यक्ती दिएका छन ।
Advertisement
उनले काम अघि नबढाए सम्म हरेक दिन एक ट्रक धुलो विभागको कार्यालयमा खन्याइदिने र उपहारको रुपमा यसलाई स्वीकार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई आग्रह पनि समेत गरेका छन ।
मेयर बालेन्द्र शाहले आफ्नो आधिकारिक फेसबुकमा लेखका छनः
Advertisement
‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु,
तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाण्डौका नागरिकले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाण्डौमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाण्डौ महानगरले अकारणमा गाली खानु परेको छ ।
Advertisement
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला ।’
अर्को तर्फ सडक डिभिजन कार्यालय काठमाडौँले कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिएको विषयले ध्यानाकर्षण भएको जनाएको छ । काठमाण्डौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूणर् जिम्मेवारी पाएको जनाउदैँ गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग रहेको जनाएको छ ।
टिप्पणीहरू