Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अब गृहमन्त्री रवि लामिछानेलाई पनि अनुसन्धानमा तानौंः राप्रपा

    ९ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि अनुसन्धानमा तान्नुपर्ने माग अगाडि सारेको छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामिछानेलाई पनि अनुसन्धानमा तान्नुपर्ने निणर्य गरेको छ ।

    Advertisement

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया माथि नागरिकता दुरुपयोग सम्बन्धि अभियोग न्यायिक निरुपणको विषय बनिसकेको छ । नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन शुरु भएको छ त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोप माथि पनि छानविन गरिनुपर्ने राप्रपाले धारणा सार्वजनिक गरेको छ ।

    प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता कसुरसम्बन्धी अभियोग न्यायिक निरुपणको विषय बनिसकेको अवस्थामा कानुनविपरीतका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्ने पक्षमा पार्टी रहेको बताए ।

    Advertisement

    ‘गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ’, बैठकपछि श्रेष्ठले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

    यो बैठकमा राप्रपाको जेठ ११, १२ र १३ गते काठमाडौंमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रतिवेदनहरूमाथि छलफल गरिएको उनले बताए ।

    Advertisement

    बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »