९ जेठ, बाँके । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले मनसुन पूर्वतयारी तथा विपद् व्यवस्थापन कार्यशाला गोष्ठी गरेको छ ।
नेपाल सरकार जल तथा मौसम विज्ञान विभागबाट जारी सूचना अनुसार जेठ १८ गते देखि १९ असोजसम्म देशका अधिकांश स्थानहरुमा सरदर भन्दा वढी वर्षा हुने सम्भावना रहेको प्रारम्भिक पूर्वानुमान गरिएको छ ।
उक्त अवस्थालाई मध्यनजर गरी हरेक वर्ष झै यस वर्ष पनि शाखा अन्तर्गका १७ वटा उपशाखाहरुको सहभागितामा मनसुन पूर्वतयारी तथा विपद् व्यवस्थापन कार्यशाला भएको हो ।
Advertisement
कार्यशालामा स्थानीय विपद् प्रतिकार्य योजनामा रेडक्रसको नीतिगत व्यवस्था र भूमिका, राहत मापदण्ड, मनसुन पूर्वतयारी तथा प्रतिकार्य ढाँचा, प्रारम्भीक दु्रत लेखाजोखा, विस्तृत सर्वेक्षण लगायत विषयमा छलफल र प्रस्तुतीकरण भएको थियो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले प्रत्येक वर्ष जस्तै यस वर्षको मनसुनजन्य विपद् प्रतिकार्यका लागि पूर्वतयारी अवस्थामा रहन उपशाखालाई निर्देशन गर्दै स्थानीय तहसंग समन्वय गरी पालिका र वडा स्तरीय मनसुन पूर्वतयारी कार्यशाला आयोजना गर्न आग्रह गरे ।
Advertisement
नेरेसो विपद् तथा संकट व्यवस्थापन समितिका संयोजक नरेन्द्रकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, विपद् तथा संकट व्यवस्थापन समितिका सदस्य, उपशाखाका विपद् तथा संकट व्यवस्थापन समितिका संयोजक, प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो भने गोष्ठीको सहजीकरण नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गरेका थिए ।
टिप्पणीहरू