९ जेठ, काठमाडौँ । सरकारले गरेको सहमति अनुसार रकम फिर्ता नपाएपछि सहकारी पीडितले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।
Advertisement
सहकारी पीडितको नेतृत्व गरिरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आज आन्दोलनको घोषणा गरेको हो ।
Advertisement
काठमाण्डौको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन मार्फत शुक्रबार आन्दोलन गर्ने घोषणा गरेको हो । भृकुटीमण्डपबाट शुरु गरेर देशव्यापी आन्दोलन गर्ने अभियानका अध्यक्ष कुशलभ केसीले जानकारी गराए ।
Advertisement
२०८० जेठ २० गते काठमाण्डौको माइतीघर मण्डलबाट सहकारी पीडितले आन्दोलन शुरु गरेका थिए । आन्दोलन चर्किँदै गएपछि सरकारले सहमति गरेको थियो । तर अहिलेसम्म माग पूरा नभएको पीडितले जनाएका छन ।
टिप्पणीहरू