५ जेठ, बाँके । साहू समाज समिति बाँकेको आज साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपालगञ्ज स्थित साहु समाज राधा कृष्ण मन्दिर धर्मशालामा भएको अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
हंस राम साहुको नेतृत्वमा ११ जना सदस्यीय समिति निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राम नाथ साहु तेलीले जानकारी गराए ।
Advertisement
उनका अनुसार उपाध्यक्षमा मोती लाल साहु, सचिवमा प्रदीप साहु, संमुखिया साहु, कोषाध्यक्षमा रामदीन साहु निर्वाचित भएका छन ।
यस्तै, महिला सदस्यमा राम जानकी साहु निर्वाचित भएकी छन । सदस्यमा प्रहलाद साहु, शंकर साहु, राजेन्द्र साहु, कन्धही लाल साहु, राजकुमारी साहु निर्वाचित भएका छन ।
Advertisement
अधिवेशनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन पवन कुमार जैसवाल र माधव राम वर्माले सघाएका थिए ।
टिप्पणीहरू