Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार, दुई जना नियन्त्रणमा

    ४ जेठ, सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-६ ईचौल स्थितबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बिहीबार साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौँ र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनहरुलाई पक्राउ गरेको हो ।

    Advertisement

     

    इलाका प्रहरी कार्यालय पकली अनुसार रामधुनी-६ स्थितमा संकास्पद अवस्थामा रहेका सप्तकोशी नगरपालिका-५ सप्तरीका ३५ बर्षिय श्याम सुन्दर खंग र ईटहरी उप-महानगरपालिका-५ सुनसरीका ४० बर्षिय श्याम प्रसाद निरौलालाई चेक जाँच गर्दा प्रहरी माथी नै आक्रमण गरेका थिए ।

    Advertisement

     

    जस पश्चात प्रहरीले प्रतिकार स्वरुप एक राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाईते भएको र संलग्न दुवै जनालाई २ सय १० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

    Advertisement

     

    गोली लागी घाईते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निग्रानीमा उपचार भईरहेको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »