२ जेठ, बाँके । नेपाल रेडक्रस सोसाइटीले नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमको सहजीकरणमा बडास्तरिय भूकम्प तथा आगलागी नियन्त्रण सम्वन्धि कृत्रिम घटना अभ्यास सम्पन्न गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका बडा नं. ३ र ७ मा उक्त कार्यक्रम सञ्चालन भइरहेको नेपाल रेडक्रस सोसाईटीले नेपालगञ्जले जनाएको हो । रेडक्रस अनुसार भूकम्प र आगलागी विपद् प्रतिकार्यमा समुदायको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले यो कृत्रिम घटना अभ्यास आयोजना गरिएको थियो ।
Advertisement
समुदायमा रहेका तालीम प्राप्त स्वयमसेवक, नगर प्रहरी, नेपाल प्रहरी, दमकल कर्मचारी, रेडक्रसकर्मीको सहभागिता रहेको थियो । क्रृतिम घटना अभ्यास कार्यक्रमा जनप्रतिनिधिहरु, रेडक्रस, युनिसेफ, सुरक्षा निकाय, स्थानीय समुदाय लगायत करिब १५० जनाको सहभागिता रहेको थियो ।
टिप्पणीहरू