२६ बैशाख, काठमाडौँ । नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् ।
चलनचल्तिमा रहेको नेपालको नक्सा अंकित एक सयको नोटको पुनः मुद्रण गर्दा संविधानमा समावेश नक्सा राख्ने निर्णय प्रति राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले विरोध गरेका थिए ।
Advertisement
मुलुकको हित र स्वाभिमान विरुद्ध र पदीय मर्यादा विपरीत राष्ट्रिय र अन्तराष्ट्रिय सञ्चार माध्यममा प्रतिक्रिया दिदैँ उनले यस्ता टिप्पणी गरेका नागरिक अगुवाले विज्ञप्ति मार्फत जनाएका छन ।
‘जबकि संविधानको नक्सामा भएको संशोधनलाई लाञ्छित गर्ने र भूमिमाथि आफ्नो दावी नेपालले त्यागेको अर्थ लाग्नेगरी नोट छाप्ने कुरा भएको भए देशघाती हुन्थ्यो । सल्लाहकार चिरञ्जीवी नेपालले ’देश सञ्चार’ अनलाइन पोर्टलमा २३ वैशाख २०८१ मा भनेका छनः “सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।” यसैगरि उनले २४ वैशाखमा बीबीसी नेपाली सेवासंग राष्ट्र बैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई ‘लहड’ को संज्ञा दिएका छन र सार्वभौमिकताबारे थप अपरिपक्व टिप्पणी गरेका छन्’ विज्ञप्तिमा जनाइएको छ ।
Advertisement
सीमा नाघेका उनको सार्वजनिक अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखको पदको गरिमामा चोट पुर्याएको बताइएको छ ।
राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई “अन्तर्राष्ट्रिय मान्यता विपरीत” र “अविवेकी” भन्ने सल्लाहकार चिरञ्जीवी नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको भनी आफुहरु बुझ्न बाध्य भएका अगुवाहरुको भनाई छ ।
Advertisement
भारतसँगको सम्बन्ध बिग्रिने भन्दै सरकारको कदमको विरोधमा उत्रिएका नेपाललाई पदबाट बर्खास्त गर्न नागरिक अगुवाहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले संयुक्त रुपमा माग गरेका हुन् ।
नेपालले भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताबाहिर गएर नोटमा चुच्चे नक्सा छाप्नुलाई सरकारको अविवेकी निर्णय भनेका थिए । त्यसकै विरोधमा उत्रिएका नागरिक अगुवाहरूले नेपाललाई पदबाट हटाउन माग गरेका हुन् ।
Advertisement
राष्ट्रपति संस्थाको गरिमा बचाउन पनि अविलम्ब राष्ट्रपति कार्यालयबाट नेपाललाई बर्खास्त गरिनुर्ने उनीहरूको माग छ । सल्लाहकार नेपाललाई तत्कालै पदबाट हटाउन पनि उनीहरूले राष्ट्रपति पौडेललाई भनेका छन् ।
टिप्पणीहरू