Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कपिलवस्तुका वडाध्यक्ष १५ हजार रुपैँया घुस रकम सहित पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल

    १८ बैशाख, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुस रकम सहित पक्राउ परेका छन ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी गराए ।

    Advertisement

    उनको विरुद्ध आयोगमा परेको उजुरी पश्चात अनुसन्धान क्रममा घरबाटो सिफारिस दिन एक सेवाग्राही सँग १५ हजार घुस लिएको पुष्टी भएको प्रवक्ता घिमिरेले बताए ।

    उनलाई घुस रकम सहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

    Advertisement

    उजेर अलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा बिगो पन्ध्र हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना हुन माग दाबी लिई सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »