१८ बैशाख, काठमाडौँ । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन ।
२७ हजार ७७२ मत पाएका एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले हराएका हुन ।
Advertisement
आज बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन । नेपाली कांग्रेसका खड्काले २१ हजार ९४२ मत पाएका छन ।
एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि यो क्षेत्र खाली थियो । यो क्षेत्रमा उनको विरासत उनकै छोरा सुहाङले थामेका छन ।
टिप्पणीहरू