१४ बैशाख, काठमाडौँ । चौधरी ग्रुपको उत्पादन वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि काठमाडौं महानगरपालिकाले जरिवाना गरेको छ । महानगरले चौधरी ग्रुपपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
काठमाडौँ स्थित सुकेधारामा रहेको एसके इन्टरप्राइजेजले बजारमा वितरण गरेको २०८० मा उत्पादन भएको ब्याच नं. ६० ‘जीएमआरएस २०-एएल/वाईएल २३, चाई’ को चाउचाउ न्यून गुणस्तरको भेटिएको हो । यो ब्याचको चाउचाउ बनाउँदा प्रयोग गरिने तेल न्यून गुणस्तरको रहेको महानगरले जनाएको हो ।
Advertisement
वाइ वाइ चाउचाको प्याकेट खोल्दा ढुसी परेको भेटिएको र त्यसपछि सोही ब्याचका अन्य चाउचाउ बजारबाट ल्याएर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएको काठमाडौं महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी गराए । जस पश्चात जरिवाना तोकिएको थियो ।
अन्य कम्पनीका चाउचाउ र वाइ वाइको अरु ब्याचको चाउचाउ पनि प्रयोगशालामा परीक्षण गर्ने महानगरले जनाएको छ ।
टिप्पणीहरू