८ बैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समाप्त पार्ने षड्यन्त्रलाई चिरेर अनकूल स्थितिमा पुगेको बताएका छन् ।
पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै ओलीले षडयन्त्रपूणर् घेराबन्दीलाई चिर्न सफल भएको बताएका हुन् ।
Advertisement
एमालेलाई सरकारबाट षड्यन्त्रपूणर्रूपमा विस्थापन गर्न घेराबन्दी गर्ने, पार्टीविरुद्ध भ्रमपूणर् प्रचार र आक्रमण गरेर पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिरेर आजको अनुकूल स्थितिमा आइपुगेको अध्यक्ष ओलीले बताए ।
एमालेको दशौं महाधिवेशन र त्यसभन्दा अगाडि पार्टी विभाजनलगत्तै ठूलो घेराबन्दी भएको उनले बताए ।
















टिप्पणीहरू