Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सहकारी अनुगमनका लागि छानविन आयोग भरपर्दो नरहेको डा. आरजु राणाको आरोप

    फाइल तस्बिर

    ८ बैशाख, काठमाडौँ । सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले आरोप लगाएकी छन् ।

    सभापति राणाले २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको बताएकी छन । उनले यसको समाधान गर्नुको विकल्प नरहेको जिकिर गरेकी छन ।

    Advertisement

    शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा उनले यस्तो आरोप लगाएकी छन । सहकारीका पीडितहरुलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानविन समिति भरपर्दो नरहेको उनले जिकिर गरेकी छन ।

    उनले सहकारी संस्थाहरु आफैंसँग पनि गठीमा परेका रकम असुली गर्ने जनशक्ति नभएको र नेपाल प्रहरीले पनि त्यस माथिको उजुरी सुनुवाइमा समेत चासो नदिएको बताएकी छन ।

    Advertisement

    सहकारी संस्थाहरुले मान्छेको घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरुले सम्बन्धित सहकारीलाई निर्देशन दिएको उनले उल्लेख गरिन् ।

    सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति राणाले २० वटा भन्दा बढी सहकारी क्षेत्र समस्याग्रस्त हुँदा पनि सो समस्या समाधान गर्न सरकार गम्भिर नभएको बताइन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »