८ बैशाख, काठमाडौँ । आज महाराष्ट्रको नान्देडमा एक र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कांग्रेस माथि कडा निशाना गर्दै कांग्रेसको रवैयाका कारण यहाँका किसान, गरिब र उद्योगधन्दाको सम्भावना नष्ट हुन थालेको बताएका छन ।
यही कारणले लाखौं युवाहरु पलायन हुनुपरेको उनले बताए । यस सँगै पीएम मोदीले राहुल गान्धी र सोनिया गान्धीलाई पनि निशाना बनाएका छन् ।
Advertisement
उनले भने, ‘राहुल गान्धी पहिले अमेठी छोडेर केरलाको वायनाड गए, अब वायनाडबाट पनि हारको डर छ । राजकुमार अब वायनाड छोडेर अर्को सुरक्षित सिट खोज्दैछन्।’
मोदीले कांग्रेस नेतृ सोनिया गान्धीलाई केन्द्रित गर्दै भने, ‘केही नेताहरू लोकसभा सिटमा चुनाव लडेर जित्थे, यसपटक राज्यसभाबाट प्रवेश गर्नुपर्छ ।’
Advertisement
उम्मेदवार पनि नपाएको कांग्रेसको अवस्था यस्तो भएको प्रधानमन्त्रीले हार स्विकारेको बताए ।
प्रधानमन्त्री मोदीले आफ्नो सरकारले विभाजन पीडितका लागि सिएए ल्याएको बताएका छन । उनले भने, ‘यदि सिएए नभएको भए हाम्रा सिख दाजुभाइ दिदीबहिनीहरूलाई के हुन्थ्यो होला ? तर कांग्रेसले यसको पनि विरोध गरिरहेको छ । कांग्रेसले सिखहरूबाट सन् १९८४ को बदला लिइरहेको देखिन्छ ।’
टिप्पणीहरू